Rule 97
(१) राष्ट्रिय वनको कुनै भाग प्रयोग गर्न स्वीकृति पाई विकास आयोजना
सञ्चालन गर्ने क्रममा रुख बिरुवा हटाउँदा कुनै व्यक्ति, समूह वा स्थानीय समुदायको रूख बिर्वामा क्षति हुन गएमा क्षति भएको वन पैदावारको मूल्याङ्कन गरी हुन आउने रकम त्यस्तो आयोजनाले सम्बन्धित व्यक्ति, समूह वा स्थानीय. समुदायलाई क्षतिपूर्ति बापत उपलब्ध गराउनु पर्नेछ।

(२) राष्ट्रिय वनको कुनै भाग प्रयोग गर्न स्वीकृति पाई विकास आयोजना _ सञ्चालन गर्दा वनमा आश्रित कुनै व्यक्ति, समूह वा समुदायको जीविकोपार्जनमा प्रतिकूल असर परेमा वा कुनै हानि नोक्सानी भएमा विकास आयोजनासँग सम्बन्धित विषयगत मन्त्रालय, प्रदेश सरकार वा स्थानीय तहले सो आयोजनाको तर्फबाट त्यस्तो हानि नोक्सानीको उचित क्षतिपूर्तिको: व्यवस्था मिलाउनु पर्नेछ।